दफा
सम्झौताहरु गर्ने र स्वीकृतिका लिखतहरु दालिख गर्ने अधिकार
 श्री ५ को अर्थ मन्त्रीले आफनो हस्ताक्षरको लिखत गरी सो लिखतमा तोकिएको व्यक्तिलाई नेपाल सरकारको तर्फबाट देहायबमोजिमको काम गर्ने अधिकार दिन सक्नेछः–
(क) अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सम्झौताको धाराहरुमा हस्ताक्षर गर्ने ।
(ख) नेपाल सरकारले नेपाल कानूनबमोजिम सम्बन्धित सम्झौताहरु र त्यसमा तोकिएका शर्तहरु, जुन शर्तहरुमा नेपाललाई अन्तर्राष्ट्रिय विकास एशोसिएशनको सदस्यता प्रदान गरिनेछ, स्वीकार गरेको छ भन्ने व्यहोरा जनाई एसोसिएशन सम्झौताको स्वीकृतिको लिखत अन्तर्राष्ट्रिय पूनर्निर्माण एवं विकास बैंङ्कमा दाखिल गर्ने ।